काठमाडौं ।
इस्लाम धर्मावलम्बीहरूले मनाउने पर्व इद उल फित्रको अवसरमा भन्दै यस अघि सरकारले आजका लागि सार्वजनिक बिदा दिएको थियो । तर गृह मन्त्रालयले यो बिदा भोलिका लागि भन्दै विज्ञप्ती सच्याएको छ ।
नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएका कारण उक्त पर्व जेठ १२ गते मात्र मनाउने निर्णय भएकोले बिदाको दिन परिवर्तन गरिएको हो ।
मन्त्रालयका शाखा अधिकृत गणेश तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा आजको सट्टा भोलिको लागि बिदा कायम गरिएको जनाइएको छ।
गत ९ जेठको मन्त्रिपरिषद्को निर्णय बमोजिम सरकारले इद उल फित्रमा सार्वजनिक बिदा दिन लागेको हो ।





























प्रतिक्रिया