ललितपुर।
ललितपुर महानगरपालिकाको वडा नम्बर ६ ले बाहिर जिल्लाबाट वा विदेशबाट फर्केर आएका व्यक्तिरुलाई सो वडामा प्रवेश निषेध गरेको छ । सो वडा भित्रका कुनै पनि घरमा भाडा गरि बसेका भए पनि लकडाउनपछि गाउँ फर्किएका हरुलाई घरमा नफर्कन घरधनी मार्फत सूचना गर्न भनिएको छ ।
वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै यस्तो निर्णय भएको बताएका हुन् । उनले विदेशबाट फर्कि आएका व्यक्तिहरुलाई र गाउँ गएका भाडामा बस्नेहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गराउन आग्रह गरेका छन् ।
यदि कसैले सूचनालाई अटेर गरे त्यस्ता घरमा ताला लगाई शिल गरिने र क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले नै बेहोर्नु पर्ने निर्णय भएको बताइएको छ । यसरी अटेर गरि कोही संक्रमित प्रमाणित भए पनि घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने चेतावनी सहितको सूचना जारी गरिएको छ ।
































प्रतिक्रिया