कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा मंगलबार दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये मंगलबार कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् ।

बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै बिओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु संयुक्तरुपमा उद्घाटन गरेका थिए । सो अवसरमा नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए । उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन समेत दिए । जिल्लामा योसँगै बिओपीको सङ्ख्या १४ वटा पुगेको बताइएको छ ।

Logo