काठमाडौं । आइतबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ७३ हजार ५ सय ५५ परीक्षण गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।
त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर १६ हजार ८ सय ९८ पीसीआर परीक्षण गरिएको छ । भने ५६ हजार ६ सय ५७ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ नमुना परीक्षण गरिएको छ ।
देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १३ हजार ६ सय २५ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ६४ रहेको छ । जसमा उपत्यकामा ३ र उपत्यका बाहिर १ सय ६१ जना रहेका छन् ।
त्यस्तैगरी आइतबारसम्म देशभर संक्रमितको संख्या ११० पुगेको छ । जसमा पुरुष ७८र महिला ३२ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३१ पुगेको छ । घर फर्किएका कूल ३१ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका छन् ।





























प्रतिक्रिया