बिहिबार थापाथलीमा रोजगारीविहिन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । "/>

बेसाहारा व्यक्तिलाई खानेकुरा वितरणमा हाम्रो टिम नेपालकाे निरन्तरता

बेसाहारा व्यक्तिलाई खानेकुरा वितरणमा हाम्रो टिम नेपालकाे निरन्तरता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रोजगारविहिन भएर सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघि पर्व तथा माघे संक्रान्तीको अवसरमा खानेकुरा वितरण गरेको छ ।

बिहिबार थापाथलीमा रोजगारीविहिन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दर्जनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाइएको थियो । हुने खानेले मात्रै होइन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे संक्रान्तीको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

रोजगारी नपाएको तथा दैनिक जीवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाइ छ । सरकारले रोजगारविहिन नागरिकलाई हेरचाह गर्नुपर्ने उनले बताए ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहिन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाइएको छ ।

Skip This
Skip This
Logo