काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । आइतबार बेलुका थप एक जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ५० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
आइतबार मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार आइतबार संक्रमण पुष्टि भएका तीन जनामा पर्सा र वीरगंजका ५० वर्षिय पुरुष र झापाका ५० वर्षिय पुरुष नै रहेका छन् ।
नेपामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा पुष्टि भएको थियो ।
प्रेस नोट






























प्रतिक्रिया