कस्तो रहला आगामी ३ दिनको मौसम ?

कस्तो रहला आगामी ३ दिनको मौसम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।

पश्चिमी भूभागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले बताएको हो।

महाशाखाका अनुसार आज दिउसो देशभर सामान्य बदली रहने र पश्चिमी भूभागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ।

यस्तै आइतबार पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भागमा आंशिक वदली रहनेछ। देशभर केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि देशभर सामान्य बदली रहनेछ। पश्चिमी भूभागका केहि स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo