ती अपराधी बाबु जसले आफ्नै घरमा आगो लगाए, जलेर दुई छोराको मृत्यु

ती अपराधी बाबु जसले आफ्नै घरमा आगो लगाए, जलेर दुई छोराको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कालीकोट।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारण बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए।रासस

 

Logo