विमानस्थल मर्मतदेखि गैर आवासिय नेपाली संघले अलपत्र नेपालीको उद्दार गर्नेसम्म (भिडियोसहित)

विमानस्थल मर्मतदेखि गैर आवासिय नेपाली संघले अलपत्र नेपालीको उद्दार गर्नेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम लकडाउनको समयमा पनि अगाडि बढी रहेको छ । ३ हजार ५० मिटर क्षेत्रफल रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम अगाडि बढेको हो ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण आप्रवासन भिसा अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आप्रवासन भिसा तत्कालका लागि स्थगित गरेका हुन् ।

सरकारले लकडाउनको मौकामा राजधानीका सडकहरु चिटिक्क बनाउन थालेको । अन्य समयमा सवारी चापका कारण काम गर्न कठिन हुने मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको हो । अहिले त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम भइरहेको छ ।

त्यस्तैगरी नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ् आएको छ । सोमबार सरकारले दुई अध्यादेश जारी गरेसँगै नेपाली राजनीतिक वृत्तमा एका एक तरङ् आएको हो । सरकारले जारी गरेको अध्यादेशलाई राष्ट्रपतिले पनि जारी गरिसकेकी छिन् । जसलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुले बेमौसमी बाजाको संज्ञा दिएका छन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) ले विश्वका विभिन्न मुलुकमा लकडाउनका कारण समस्यामा परेका नेपालीको उद्दार गर्ने भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि विश्वभरका नेपालीहरुले स्वदेश फर्किने मनस्थिती बनाएका कारण करिब ५० हजार नेपाली नागरिकलाई तत्काल पहल गर्ने संघले जनाएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo