काभ्रे ।
काभ्रे जिल्लामा गरिएको (आरडिटी) द्रुतगतिको परिक्षणमा २ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक/एक जनामा कोरोनाको आशंका देखिएपछि उनीहरुलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
गत चैत ९ गते भारतबाट नेपाल फर्किएका बेथान्चोक गाउँपालिका वडा नं.५ का एक २८ बर्षिय युवालाई कोरोना भाइरसको आशंकामा धुलिखेल पठाइएको हो ।
यता मण्डनदेउपुर नगरपालिका वडा नम्वर ३ नयाँगाउँका २३ बर्षिय युवाको पनि आरडिटी परिक्षणमा कोरोनाको आशंका देखिए पछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले जानकारी दिए । उनी चैत्र ७ गते दुबईबाट नेपाल फर्किएका थिए । उनलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएकोमा आशंका लागेपछि आज धुलिखेल अस्पताल पठाइएको हो ।
केही संचार माध्यमहरुमा उनीहरु दुवै जनाको आरडिटी टेस्टमा कोरोना देखिएको भनिएपनि त्यो प्रमाणित नभइसकेकाले अहिले नै केहि भन्न नसकिने प्रबक्ता आचार्यले स्पष्ट पारे।
यता धादिङ्गको ज्वालामुखि गाउँपालिकाका एक युवाको टेस्टमा पनि नतिजा पोजेटिभ देखिएको छ । उनी दक्षिण कोरियाबाट फागुन २७ गते नेपाल आएका थिए । कोरियाबाट आएदेखि नै उनी क्वारेन्टाइनमा बसेका थिए । उनको थप परिक्षणका लागि काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।































प्रतिक्रिया