काठमाडौं ।
काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोनाको आशंका गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किट परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो । तर, र्यापिड डायग्नोस्टिक टेस्ट किट परीक्षणले शतप्रतिसत कोभिड–१९ संक्रमण भए नभएको पत्ता नलाग्ने भएकाले पिसीआर रिर्पोट आउँनुपर्ने हुन्छ । पिसीआर रिर्पोट आएपछि मात्र कोभिड संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मीकोे भनाइ छ ।
र्यापिड डाइगोनोस्टिक टेष्ट गर्दा बागलुङमा आइतबार एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको थियो । तर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पिसीआर मार्फत गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
र्यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजिटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने तीनैजनाको स्वाब नमुना पिसीआरका लागि पठाइएको छ ।
कोभिड–१९ को आशंका गरिएका तीनै जना गत चैत ५ गते लण्डनबाट फर्किएका थिए । अहिले अपार्टमेन्टलाई प्रहरीले पूर्ण रुपमा लकडाउन गरेको जनाइएको छ ।





























प्रतिक्रिया