उद्योग बाणिज्य संघ धनकुटाले भाडा नलिइ दिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको अवस्थामा संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थालाई संघले अनुरोध गरेको छ ।






























प्रतिक्रिया