लकडाउनको अवज्ञा गर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रण

लकडाउनको अवज्ञा गर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रण

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।
सरकारद्वारा जारी लकडाउनको आदेश पालना नगर्ने ७५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकल सबैभन्दा बढी रहेका छन् ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकल ७२, अटोरिक्सा १, ट्रयाक्टर २ रहेका छन् । आदेशको अवज्ञा गर्ने २६ जना मानिसलाई पक्राउ गरिएको छ । पहिलो दिनभन्दा आज आदेशको अवज्ञा गर्ने सावरीसाधनको संख्यामा कमी आए पनि मानिसको संख्यामा वृद्धि भएको देखिएको छ ।

पहिलो दिन ३ सय ६९ सवारीसाधनलाई नियन्त्रण र ८ जनालाई पक्राउ गरिएको थियो ।–––रासस

Logo