नेपाल स्काउटको कोरोना सम्बन्धी सचेतना कार्यक्रम

नेपाल स्काउटको कोरोना सम्बन्धी सचेतना कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल स्काउटले नोवेल कोरोना (कोभिड–१९) भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको भाइरसको रोकथामका लागि हात धुने अभियानसहित देशभरी एक सय भन्दा बढी स्थानमा ह्यान्ड वासिङ स्टेशन संचालन गरेको हो ।

स्काउटले बढी भीडभाड हुने र जोखिम बढी हुने उपत्यकाका ५० स्थान र उपत्यका बाहिर पोखरा ५, मोरङ २०, मकवानपुर ५, चितवन ५, काभ्रे २, रसुवा १, झापा ५, सुनसरी २, दोलखा १, सिन्धुपाल्चोक १, दैलेख १ र सर्लाही जिल्लाकोे २ स्थान गरी एक सय भन्दा बढी स्थानमा सर्वसाधरणका लागि हात धुने र स्यानिटाईजरको व्यवस्था गरेको छ । कोरोना भाइरसको रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई हात धुने तरिका, स्यानिटाईजरको प्रयोगबारे जानकारीका लागि पर्चा र ब्यानर सहित अभियान चलाइएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

नेपाल स्काउटले सुरु गरेको यो अभियान अहिले अन्य निकायले पनि संचालन गर्न थालिसकेको र धेरै मानिस सुसूचित भइसकेकाले अबको केही दिन मात्र यस्ता स्टेशन संचालन गरी स्काउट स्वंसेवकलाई पनि होम क्वरेन्टाइनमा बस्न निर्देशन दिने स्काउट संयोजक भण्डारीले बताए ।

Logo