सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने

सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने

केन्द्रबिन्दु
0
Shares

धनुषा ।
जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गर्ने रणनीति लिएको छ । विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएसँगै प्रहरीले हिरासतको चाप घटाउन यस्तो रणनीति लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताए ।
कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिए ।
उपरीक्षक कार्कीका अनुसार सोमबार पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिएको छ । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।–रासस

Logo