खुला मदिराको सेवनबाट १७ जनाको मृत्यु भएपछि जलेश्वरमा मदिरा बेच्न प्रतिबन्ध

खुला मदिराको सेवनबाट १७ जनाको मृत्यु भएपछि जलेश्वरमा मदिरा बेच्न प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

महोत्तरी।

महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साता अघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर निर्णय गर्दै आजदेखि जलेश्वर नगरपालिका र वरपरका सबै बजारमा लोकल खुला मदिरा बिक्री वितरण तथा उत्पादनमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

धनुषामा १७ जनाको ज्यान जानुका साथै जिल्लाकै मनरा नगरपालिका– १ मा विगत तीन दिनमा अचानक पाँच जनाको मृत्यु भएकामा ती मृत्यु पनि मदिरा सेवनबाटै भएको हुनसक्ने आशङ्का गर्दै जलेश्वर र वरपरका सबै हाट बजार तथा गाउँ टोलमा आजदेखि लोकल खुला मदिरा बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।

प्रशासनिक प्रतिबन्धका बीच लुकाइछिपाइ वा बेवास्ता गर्दै कुनै पनि होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएमा कडाभन्दा कडा कानूनी कारवाही गर्ने निर्णयसमेत भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।रासस

Skip This
Skip This
Logo