टिपरले आमा-छोरीको ज्यान लिएपछि पनौती तनावग्रस्त, प्रहरीद्वारा ७ राउण्ड अश्रु ग्याँस प्रहार

टिपरले आमा-छोरीको ज्यान लिएपछि पनौती तनावग्रस्त, प्रहरीद्वारा ७ राउण्ड अश्रु ग्याँस प्रहार

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

बाटो काट्ने क्रममा आमा र छोरी दुवैलाई टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती नगरपालिका वडा नम्वर ५ बसपार्क क्षेत्र सोमबार साँझदेखि तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस, र २ राउण्ड हवाई फायर गरेको छ ।

प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका सई, हवल्दार र जवान गरी ३ जना घाईते भएका छन् । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषी चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । बेलुका अबेर सम्म घटना नियन्त्रणमा आउन सकेको छैन ।

टिपरको ठक्करले आमा छोरी दुबैको ज्यान लिएको छ । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

छोरीलाई टिपरले ठक्कर दिएपछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले आफू विरामी भएपछि जचाँउनको लागि बनेपा आएकी थिइन् ।

आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । मृतकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । बाबु जगत गोलेसँग जचाउँन पनौती आउने क्रममा उनलाई टिपरले ठक्कर दिएको हो ।नेपाल समाचारपत्रबाट

Logo