कञ्चनपुर,
कञ्चनपुरमा बुधबार बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
जिल्लाको भिमदत्त नगरपालिका २ उल्टाखामका एक बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार स्थानिय डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार बुधबार साँझ डम्बरले घरमै छोरालाई छुरा प्रहार गरेर घाइते बनाएका थिए । उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको हो ।
छोराको हत्या गर्ने डम्बरलाई पक्राउ गरेको छ । बालकको अहिले शव महाकाली अस्पतालमा राखिएको छ । डम्बरले के कारणले छोराको हत्या गरे भन्ने बारे खुल्न बाँकी छ ।































प्रतिक्रिया