गाँजा खेतीलाई वैधानिकता दिन संघीय संसदमा विधेयक दर्ता भएसँगै सरकारले औपचारिक छलफल थालेको छ ।
सरकारले नेपाल औषधि व्यवस्था लिमिटेड, सिंहदरबार वैद्यखाना, औषधि व्यवसायी संघ, नेपाल प्रहरी, अर्थ मन्त्रालय लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको हो । छलफलमा उनीहरुले निश्चित मापदण्ड बनाएर गाँजा खेतीलाई फुकुवा गर्न सुझाव दिएका छन् ।
अस्ट्रियाको भियनामा भएको युनाइटेड नेसनल अफिस अन ड्रग एन्ड क्राइम (युएनओडिसी) को सम्मेलनमा समेत नेपालले गाँजा खेती खोल्ने पक्षमा आफ्नो धारणा राखेका छन् ।
गाँजा खेती फुकुवा गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका सांसद विरोध खतिवडाले नेपालले अहिले नै गाजाँ खेतीलाई वैधता नदिए पछि पछुताउनुपर्ने बताएका छन् । केन्द्रविन्दुसँग कुरा गर्दै सांसद खतिवडाले विश्वका सम्पन्न देशहरु गाँजा फुकुवा गरेर आम्दानी गर्ने र कमजोर देशहरु गाँजा खेती गरेवापत जेल जानुपर्ने अवस्था आउनु विडम्वना भएको टिप्पणी गरे ।
गाँजा खुला गर्नु भनेको नियमन नै नगर्नु होइन भन्दै उनले हरेक कुरामा सकारात्मक र नकारात्मक पाटो हुने बताए । सांसद खतिवडाले मापदण्ड विपरित कार्य गर्नेलाई दण्ड सजाँयको व्यवस्था हुनुपर्ने बताए ।
गाँजा प्रतिवन्ध लगाउँदा नेतादेखि सुरक्षा निकायसमेत बिग्रेको सांसद खतिवडाको टिप्प्णी छ । नेपालमा गाँजा खेतीको पर्याप्त सम्भावना रहेको बताउँदै उनले यसबाट देशको कार्यापलट हुन सक्ने बताए ।
गाँजामा लगाइएको प्रतिवन्ध खुला गर्न माग गर्दै पूर्व कानूनमन्त्री तथा सांसद शेरबहादुर तामाङले संघीय संसदमा विधेयक दर्ता गराएका छन् ।































प्रतिक्रिया