काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले गल्छी शाखाले जनजागरण माविमा अध्ययनरत विद्यार्थी र विद्यालयका अभिभावकहरुलाई कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजिकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक शाखाको प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई नी बचाउन भन्दै मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजान आग्रह गरेका छन् । भिटामिन सी पाउने अमला ,कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघाखोकी र ज्वरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।
स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्छी गा.पा.वडा न.४ का वडाअध्यक्ष राजु अधिकारी ले साग्रिला डेभलपमेन्ट बैकले कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिएका छन् ।































प्रतिक्रिया