काठमाडौं ।
डाँका मुद्दामा कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतको वि.सं. ०७५ असार ११ गतेको फैसलाले छ वर्ष कैद र चार लाख २० हजार जरिवाना तोकिए पछि फरार हुँदै आएका नुवाकोटको शिवपुरी गाउँपालिका ६ का राजु थापालाई मंगलबार जेल चलान गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको मित्रनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्ली बजार पठाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
काठमाडौँको भिमसेनगोलामा ३२ तोला सुन डाँका गरेको मुद्दामा उनलाई दोषी ठहर गरिएको थियो ।
रासस































प्रतिक्रिया