कर्मचारी र ठेकेदारिवरुद्ध मुद्दा दायर

कर्मचारी र ठेकेदारिवरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसहित ६ जनाउपर सवा २ कराेड भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर गरेकाे छ ।  ६ जनाले  २ करोड २७ लाख ३ हजार आर्थिक अनियमितता गरेकाे अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएकाे हाे ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासी र सुनौला खिम्ती-अजम्वर-शिवराम जे.भी. चरिकोट, दोलखाबीच जलुके/विजयनगर खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की लिने प्रयोजनमा कमर्चारीहरू र ठेकेदारकाे मिलेमतोमा भ्रष्टचार भएकाे अख्तियारले ठहर गरेकाे छ ।

साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमले निर्माण कम्पनीका प्रतिनिधि तथा संचालकहरु मिलेर सरकारी सम्पत्तिको हिनामिना गरेको स-प्रमाण पुष्टि भएकाे हुँदा निजहरु रामचन्द्र काफ्ले र ध्रुवराज गौतमविरुद्ध २ करोड २७ लाख ३ हजार बराबरकाे विगो माग गरिएकाे छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजु प्रसाद ढकालले नक्कली बैंक ग्यारेण्टी बनाइदिएकाे हुँदा उनीविरुद्ध पनि २ करोड २७ लाख ३ हजार रुपैयाँ भ्रष्टचार भएकाे दाबी गरिएकाे छ ।

सुनौला खिम्ती-अजम्वर-शिवराम जे.भी. पार्टनरहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठ प्रसाद भण्डारी र सुनौला खिम्ती कन्सट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध पनि मुद्ददला दायर भएकाे छ । उनीहरूले झुठ्ठा नक्कली बैंक जमानतहरु पेश गरी आयोजनाको निर्माण कार्यमा संलग्न भई भुक्तानी र ठेक्काको अन्तिम भुक्तानीसमेत लिएको स-प्रमाण पुष्टि भएको हुँदा उनीहरुलाई पनि २ करोड २७ लाख ३ हजार भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा  मुद्दा दायर गरेकाे हाे ।

 

Skip This
Skip This
Logo