फ्रान्स पठाइदिन्छु भनी ३८ लाख ठगी गर्ने पक्राउ

फ्रान्स पठाइदिन्छु भनी ३८ लाख ठगी गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–१९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए। श्रीषलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo