चित्लाङमा जुवाखालबाट ६५ हजार नगदसहित ५ जना पक्राउ

चित्लाङमा जुवाखालबाट ६५ हजार नगदसहित ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।
मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा जुवा खेल्दै गरेका ५ जना पक्राउ परेका छन् । प्रहरी टोलीले  जुवाखालबाट तास र नगद ६४ हजार ७ सय पनि बरामद गरेको छ ।

थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा अवस्थित एक घरमा जुवा खेल्ने–खेलाउने कार्य भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, पालुङबाट गएको प्रहरी टोलीले ५ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानुकान्छा गोले, रामकुमार स्याङतान र सानुमाया बलामी रहेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि जुवा, तास खेल्ने, चोरी तथा अन्य आपराधिक गतिविधीहरु बढेपछि प्रहरीले अहिले नियन्त्रणका लागि कडा अभियान थालेको छ ।

Skip This
Skip This
Logo