काठमाडौैं । अख्तियारकाे टोलीले सूचना संचार तथा प्रशारण प्रयोजनकाे रकम विनियोजनकाे क्रममा सेवाग्राहीसँग १ लाख घुस लिइसकेकाे अवस्थामा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई नियन्त्रणमा लिएकाे छ ।
अख्तियारका अनुसार प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत २ लाख ५० हजार लिई कार्यक्रम भई रहेको अवस्थामा चन्द्रागिरी नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बार्गेनिङ गरी घुस लिएकाे हुँदा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएकाे अख्तिारले जनाएकाे छ ।
आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी घुस लिएकाे हुँदा निजलाई बिगाे मागदाबी गर्दै मुद्दा लायर गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाएकाे छ ।





























प्रतिक्रिया