काठमाडाैं ।
हाल प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल भारतको कर्णातकदेखि गुजरातमा बनेको न्यून चापीय रेखाको नेपालमा आंशिक प्रभाव रहेकाे हुँदा तराईमा हुस्सु र पडाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना रहेकाे छ ।































प्रतिक्रिया