चीनबाट छोराछोरी ल्याइदिन अभिभावककाे माग

चीनबाट छोराछोरी ल्याइदिन अभिभावककाे माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चीनको वुहान सहरमा रहेका नेपालीलाई छिटो ल्याइदिन चीनमा रहेका विद्यार्थीका अभिभावकहरूले सरकार समक्ष माग गरेका छन् ।

सोमबार काठामाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै चीनको हुवेई प्रन्तको वुहानसहरमा रहेका विद्यार्थीका अभिभावकहरूले छिटो नेपाल ल्याइदिन माग गरेका हुन् । अभिभावक उपेश बहादुर सिंहले अहिलेसम्म सबैजना सकुसल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे। अर्का अभिभावक गीता भट्टराईले आफुहरू स्वास्थ्य मन्त्रालय, र परराष्ट्र मन्त्रालयमा पटकपटक गई आग्रह गरिरहदा समेत तयारी नपुगेको जवाफ आइरहेको भन्दै तत्काल मिति तोक्न माग गरिन् ।

चीनको हुवेइ प्रान्तको वुहान सहरबाट १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । चीनको वुहानबाट सन २०१९ डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्त र विश्वका २३ मुलुकमा देखा परेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ४० हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९ सय ९ जनाको मृत्यु भइसकेको छ ।

Skip This
Skip This
Logo