अछाम ।
अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका छन् । सोहि ठाउँकै एक गोठमा धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक धामीको टाउकोमा चोट देखिएको छ । उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको र यसका लागि धनगढीबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरीले जनाएको छ ।
धामी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।































प्रतिक्रिया