विमानस्थलबाट गोली सहित एक जना पक्राउ

विमानस्थलबाट गोली सहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ परेका छन् । पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाहीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाडौं जान लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गोली फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Logo