टुँडिखेलमा सोनाम ल्होछारको रौनक (फोटोफिचर)

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुपमा मनाएका छन् । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् ।

बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ । यसैबीच मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ आएर विभिन्न पेशा व्यवसायमा संलग्न तामाङ समुदाय नयाँ वर्षका उपलक्ष्यमा टुंडिखेलमा आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका छन् ।

सो अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको भनी गुनासो गरे । तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रुपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेका भनी सो अवसरमा उनीहरुले दुखेसो व्यक्त गरे ।

महोत्सवमा तामाङ समुदायको संस्कृति, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा उक्त समुदायको परिचय गराउने १०० भन्दाबढी खानापिनका कक्ष सञ्चालन गरिएको थियो । महोत्सवमा तामाङ समुदायका युवायुवतीको ठूलो सङ्ख्यामा सहभागिता देखिन्थ्यो ।

फोटो: प्रशान्त प्रधान/केन्द्रबिन्दु 

Skip This
Skip This
Logo