काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ ।
भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।
लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ ।
नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।





























प्रतिक्रिया