वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

भारत:  भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ ।

खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिए ।

वडाध्यक्ष खड्काको शव बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन । मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका हुन् । घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

 

Logo