आफैँलाई गोली हान्दा प्रहरी हवल्दारको मृत्यु

आफैँलाई गोली हान्दा प्रहरी हवल्दारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोट ।

नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैंलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।
रासस

Logo