सौतेनी आमासँग अवैध सम्बन्धपछि बाबुको हत्या !

सौतेनी आमासँग अवैध सम्बन्धपछि बाबुको हत्या !

केन्द्रबिन्दु
0
Shares

भोजपुर ।

छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ। भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो।

हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । दलबहादुरको शव गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई पक्राउ गरेको थियो।

आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए। प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अवैध सम्बन्ध रहेको खुल्न आएको छ। घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अवैध सम्बन्ध रहेको पाइएको छ, डिएसपी मगरले भने, हत्याको कारण अवैध सम्बन्ध भएको खुल्न आएको छ।’

अभियुक्त हरिबहादुर र कर्णशोभा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । त्यस्तै घटनामा संलग्न विकद्वयलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतिहारको अभियोगमा पुर्पक्षका लागि राखिएको छ। कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए।
अन्नपूर्णबाट

Logo