शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा

शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा

केन्द्रबिन्दु
0
Shares

कास्की ।
मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठ जनाले जेलनेल खेपेका छन् ।

शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पीडित परिवारलाई सम्मान गर्दै त्यस्ता परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रदेश सरकारले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

स्वास्थ्य बीमाका लागि आवश्यक रकम गाउँपालिकाले नै बेहोर्नुका साथै त्यस्ता परिवारलाई संरक्षण र प्रोत्साहन गर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।

शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बाँस्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र अभिव्यक्ति दिने गरेको भए पनि उक्त गाउँपालिकाले सम्मान गरेकामा खुशी व्यक्त गरिन् ।

Logo