ताप्लेजुङ्ग समाजको अधिवेशन सम्पन्न

ताप्लेजुङ्ग समाजको अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । धुम्बाराहीस्थित एसआर क्याटरिङ्गमा आयोजना भएको अधिवेशनले डम्बर बहादुर तुम्बाहाम्फेको नेतृत्वमा १११ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।

कार्यक्रममा पूर्वमन्त्री मणी लामा, नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्यङबो, नेकपा नेता मातृका भट्टराई, कांग्रेस नेता छवि रमण गुरुङ , पाथीभरा क्याम्पसका पूर्वसंस्थापक अध्यक्ष ध्रुवनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बन्दसत्र सुरु भए सँगै महासचिव अग्नि पौडेलले पेस गरेको आव ७५/७६ को कार्यप्रगति तथा सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेका आर्थिक प्रतिवेदन हलबाट सर्वसम्मत रुपमा पारित भएको छ । कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेको आर्थिक प्रतिवेदनमा आय तर्फ २९ लाख ४६ हजार १२६ र ब्याय तर्फ २७ लाख ८२ हजार ३२१ रहेको र नाफा तर्फ १ लाख ६३ हजार ८०५ रहेको छ ।

समाजका सल्लाहकार पूर्व सभासद पासाङ शेर्पाको संयोजकत्वमा निर्वाचन मण्डल गठन भएको थियो । अधिवेशनलाई निर्वाचनमा नलगी सर्बसम्मत नयाँ समिति चयन गर्न निर्बाचन समिति सफल भएको छ ।

नयाँ कार्यसमितीको उपाध्यक्षमा रमेश बराल, युवराज गुरुङ ,तारादेवी लिम्बु, इन्द्र बहादुर शेर्पा र टिका गुरुङ ,महासचिवमा अग्नि पौडेल, उपमहासचिवमा चैतन्य तुम्बाहाङफे,याङ्गजोम शेर्पा, तिल प्रसाद लिम्बु, हरिप्रसाद थापा,देउमान विष्ट , कोषध्यक्षमा योगेन्द्र नेयोङ, सहकोषाध्यक्षमा सुजता पन्धाक, तपनराज भण्डारी, सलमान थलङ, सचिवमा प्रेम गुरुङ ,गुरु प्रसाद खतिवडा, प्रकाश इवारम, खगेन्द्र राई, छत्र ब.राई, मान ब थुलुङ ,पासाङ शेर्पा, मिङमाकामी शेर्पा र मलिषा यक्सो,सहित वडा प्रतिनिधि ६१ जना, महिलाबाट १२ जना , खुल्ला ११ जना गरि जम्मा १११ जनाको कार्यसमिती सर्वसम्मतले निर्वाचित भएका छन् ।

केन्द्रबिन्दुसँग संक्षिप्त कुरा गर्दै महासचिब अग्नि पौडेलले सर्बसम्मत भएपछी उत्साहित र जिम्मेवार हुदै एकता, सद्भाव, आत्मियता र सहयोगको लागि अझ बढि जिम्मेवारी आफू र आफ्नो टिमलाई बढेको बताएका छन् ।

संस्थाले स्थापनाकालमा ताप्लेजुङ्ग भवन निर्माण, कुम्भकर्ण आपतकालीन कोष स्थापना ,पाथिभरा अक्षय कोष स्थापना, कन्चनजंगा लगानी सहजीकरण समूह निर्माण ,सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम लगायतका कार्यक्रम घोषणा गरेको थियो। समाजले छोटो अवधिमै विभिन्न महत्वपूर्ण कार्य गर्दै सामाजिक क्षेत्रमा उत्कृष्ट बन्दै आइरहेको छ । ताप्लेजुङ्ग समाजकै आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा २७७ जनाबाट रक्तदान गराउदै देशकै दोश्रो रक्तदाता संस्था बन्न सफल भएको छ। त्यस्तै आफ्नो क्षेत्रका ७२ जना गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रवृति वितरण गर्ने कार्य पनि समाजले सम्पन्न गरेको थियो ।

Logo