सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साहलाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई साहले घुस लिएको अख्तियारले जनाएको छ । साहलाई शुक्रबार आवास भवनभित्रको बैठक कक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।





























प्रतिक्रिया