बाँके ।
चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा उनीसहित पाँच घाइते भएका हुन् ।
घाइते हुनेमा ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक रहेका छन् । उनीहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया