बारामा विभिन्न अपराधका १३१ घटना

बारामा विभिन्न अपराधका १३१ घटना

केन्द्रबिन्दु
0
Shares

बारा ।

अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा १३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ । इन्सेक बाराले कलैयामा आइतबार नेपाल मानव अधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको हो ।

जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुव्र्यवहार ४१, बाल अधिकार हत्या दुई, बलात्कार, यौन दुव्र्यवहार २२, बहुविवाह ७, महिला हिंसा ६, जातीय विभेद् १, अङ्गभङ्ग ३, आर्थिक क्षति विद्यालयमा तोडफोड चार घट्ना भएको इन्सेक बाराका प्रतिनिधि भोला पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले महिला तथा बालबालिकामा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै सभ्य, समातामूलक समाजको निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo