ललितपुर : नेपाल भ्रमण वर्षमा ललितपुर महानगरपालिकाभित्रका होटल तथा रेष्टरेन्टले छुट दिइने ललितपुर महानगरपालिकाले याेजना ल्याएकाे महानगरपालिका प्रमुख चिरीबाबु महार्जनले बताए।
ललितपुरका होटल, रेष्टुरेन्टमा केही छुट दिनु भनेका छौँ। उहाँहरूले पनि हन्छ भन्नु भएको छ, कति दिने भन्ने विषयमा हामी छिटै जनाकारी गराउने कुरा बुधबार पर्यटन मन्त्रालयमा गरिएकाे कार्यक्रममा महर्जन बताए । उनले भ्रमण वर्षलाई लक्षित गरेर ललितपुर महानगरपालिका महानगरमा छुटसहितका अन्य कार्यक्रमहरू राखेको प्रतिक्रिया दिए।
ललितपुर महानगरपालिका भित्रका धेरै सम्पदाहरूको पुनर्निर्णमाको काम सकिएको, केही नयाँ मन्दिरहरू बनाउन थालिएको, सरसफाइलाई प्राथमकिता दिइएको प्रमुख महर्जनको भनाई छ। उनले ललितपुरलाई हरियाली बनाउने अभियान पनि सुरु गरेको बताए। त्यस्तै, रातिमा पनि भ्रमण गर्नको लागि बत्तीको व्यवस्था गरेको महर्जन भनाइ छ।





























प्रतिक्रिया