अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८ औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।

स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ ।

काठमाडौं आएर उनीहरूले नेपालबाट आफ्ना देशमा भइरहेका साइबर अपराध र आर्थिक अपराधसँग जोडिएका अपराध विषयमा नेपाल प्रहरीसँग संयुक्त रूपमा समन्वयमा काम गरिरहेको स्रोत बताउँछ ।

पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo