काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गर्दा ४ चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएकाे अभियाेगमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।
एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठित अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।





























प्रतिक्रिया