म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ। शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा पोखरामा निधन भएको परिवारिक स्राेतले जनाएकाे छ । उनी प्यारालाइसीस (पक्षघात) रोगबाट थलिएका थिए ।
उनको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ। गत तिलिजाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै आएका थिए ।
तिलिजाका श्रीमति, दुई छोरी र दुई छोरा छन्। वडा अध्यक्ष तिलिजाको निधनप्रति गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले दुख व्यक्त गरेका छन्।































प्रतिक्रिया