धादिङ । थाक्रे गाउँपालिका, धादिङमा एक दिने नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल, थाक्रे गाउँपालिका र मनोरोग उपचार केन्द्रको संयुक्त आयोजनामा भएको उक्त शिविरमा मनोचिकित्सक डा. पुष्प प्रसाद शर्मा, मनोविद् गोपाल ढकालले विरामीहरूलाई सेवा प्रदान गरेका थिए । शिविरमा विरामीहरूको चेक जाँच, मनोपरामर्श सेवा तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

एक सय एघार जनाले शिविरबाट सेवा लिएका थिए । शिविरमा उपस्थित धेरै विरामी कडा खालको मानसिक रोगी भएको मनोविद् गोपाल ढकालले बताए । थाक्रे गाउँ पालिकामा आत्महत्याका घटनाहरू बढ्दै गएकोमा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले चिन्ता व्यक्त गरिन् ।
स्थानीय निकायहरूले बाटोघाटो, बिजुली पानीमा मात्र ध्यान नदिई जनताको मानसिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनु पर्ने बेला आएको गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले बताए । थाक्रे गाउँपलिकामा यसभन्दा अगाडि पनि मानसिक स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।

थाक्रे गाउँ पालिकाको सडकबाट एक जना मनोरोगीको उद्धार गरेर उपचार भइरहेको छ । उनमा अहिले उल्लेखनीय सुधार भइरहेको समेत मनोविद् ढकालले बताए ।
































प्रतिक्रिया