अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकबाट १ सय एमएलको ५०१ पिस नियन्त्रित लागूऔषध फेन्सिडिलसहित चितवन भरतपुर महानगरपालिका गोन्द्राङ बस्ने ४० वर्षीय प्रशान्त खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले लु.१ख ९९१७ नम्बरको बसलाई जाँच गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता विराटनगर महानगरपालिका-१७ मटेरुवा बोडरबाट नियन्त्रित लागूऔषध १०५ ट्याब्लेट नाइट्राभेट, १ एम्पुल एभिल, १ एम्पुल लुपिजेसिक र १ एम्पुल डाइजेल्यावसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका-२ जोगिदह बस्ने २१ वर्षीय सुरेन्द्र बस्नेत र १७ वर्षीय किशोर रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

Logo