काठमाडाैं । बिहिबार मुलुकभित्र र बाहिर रहेका नेवार समुदायले योमरी पर्वका साथै ज्यापु दिवस मनाएका छन् । ज्यापुदिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहने भनिएपनि उनकाे स्वास्थ्य अवस्थाका कारण उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै काठमाडौको वसन्तपुर दरवार क्षेत्रमा आयोजित समारोहमा पुगेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपालमा बोलिने सबै भाषा र संस्कृतिको सम्मान गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले ज्यापु समाजले भाषा र संस्कृतीको संरक्षण गर्ने हरेक कामलाई सरकारले सहयोग गर्ने बताए । समारोहमा प्रदेश ३ का सामाजीक विकास मन्त्री युवराज दुलाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले ज्यापु दिवस र नेपाल भाषा र संस्कृतिले मुलुकलाई पुर्याएकाे योगदानको चर्चा गरेका थिए ।
काठमाडौं उपत्यका सांस्कृतिक रुपमा नेपाल विश्वकै धनी मुलुकहरु मध्येमा पर्दछ । यहाँका केही सांस्कृतिक विविधता तथा ऐतिहासिक महत्वका सम्पदाहरु विश्वमा नै नमुनाको रुपमा लिइन्छ । विश्वमानै प्रसिद्धि कमाएका नेपालका जीवन्त कला तथा सांस्कृतिक निधिहरु संरक्षण तथा सम्वद्र्धन गर्न ज्यापु संस्कृति विकास कोषले २०६१ साल देखि सांस्कृतिक अभियानकै रुपमा ज्यापु दिवस मनाउँदै आएको छ । यो दिवसलाई सरकारले मान्यता दिएर बिदा दिँदै आएको छ भने विश्वभर छरिएका नेवार सुमदायले यो पर्वलाई योमरी पर्व र ज्यापु दिवसका रुपमा भव्यताका साथ मनाउदै आएको छ । नेवा संस्कृति नेवार समुदायको मात्र पर्व नभई मुलुककै भएकाले यसको संरक्षण गर्न सरकारले विशेष योजना बनाई काम गर्नु पर्ने ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताए ।
सन्तकुमार महर्जन
उपाध्यक्ष, ज्यापु संस्कृति विकास काेष
विहिवार ११ बजेबाट लगनको माक गल्लीमा उद्घाटन भइ काठमाडौंका ब्रम्ह टोल, ओण्डे ह्युमत, कोहिटी, भीमसेनथान, काष्ठमण्डप, यत्खा, नरदेवी, ट्याङ्गल, बाङ्गेमुढा असन, भोटाहिती रत्नपार्क, महाँकाल न्युरोड गेट, जुद्द शालिक हुँदै वसन्तपुरमा समापन भएकाे दिवसमा काठमाडौका ६३ टोल, ललितपुर र भक्पुतर र उपत्यका बाहिर मकवानपुरको टिष्टुङ् लगायतका साँस्कृितिक बाजागाजा सहित नेवार समुदाय विभिन्न झाँकी सहित वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । कोषले नेपाल भाषा, संस्कृती र कला क्षेत्रमा योगदान दिएका विशिष्ठ ३० जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । त्यसमध्य केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.का वरिष्ठ उपसम्पादक जितेन्द्र रसिकलाई ज्यापु विशेष पदकबाट सम्मान गरिएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलकाे हातबाट सम्मान ग्रहण गर्दै केन्द्रबिन्दु अनलाइन मिडियाका वरिष्ठ उपसम्पादक जितेन्द्र रसिक
ज्यापु रत्न सम्मान भने डा. मृगेन्द्रलाल सिंहलाई प्रदान गरिएको थियाे । त्यस्तै दार्जिलिङका देव प्रधान, विश्व नेवा संगठन भारतका अध्यक्ष (आसामका) एसपी प्रधान र पत्रकार रत्नकाजी महर्जन लगायत सम्मनित भएका हुन्छर ।





























प्रतिक्रिया