हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, २०७६ मंसिर २६ ।

कञ्चनपुरको महाकाली नगरपालिकाले जङ्गली हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएका दुईजनाको परिवारलाई किरिया खर्चबापत ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख चिनी गिरीले बताउनुभयो । बैठकले हात्तीपीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि सङ्घ र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

महाकाली नगरपालिका–२ चाँदनीका मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका ५० वर्षीया भुलिदेवी बोहरा र ३८ वर्षीय वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । हात्तीले आक्रमण गर्दा सो ठाउँका ललिता बोहरा, सुनिता बिष्ट, उमा साउद र सरिता ओझा घाइते भएका थिए । घाइतेहरुको निकटवर्ती भारतीय अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo