घटना विशेषलाई लिएर विधेयक ल्याउन नहुने

घटना विशेषलाई लिएर विधेयक ल्याउन नहुने

केन्द्रबिन्दु
0
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक लयाउन नहुने बताएका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना वा विशेषलाई समावेस गरी विधेयक ल्याउन नहुने बताए । उनले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताएका छन् ।

मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए । उनले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरूमा प्रशासकीय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालिन सोच सहित आउनुपर्ने बताए।

उनले विधेयकमा सामुहिक राजिनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताए। उनले सामुहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्विकृत गरियो भने अवस्था गम्भिर हुने तर्फ समेत सोच्नुपर्ने बताए ।

Logo