काठमाडौं । नेपालमा बुधबार देशभर थप ५११ जनामा कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको छ ।
त्यसैगरी, सो अवधिमा ६०० जना निको भई घर फर्केका छन् । निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।
यसका अलवा यस अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । कुल १८४७ जनाको मृत्यु हुँदा देशभर ६ हजार ३०० जना सक्रिय संक्रमित छन् ।





























प्रतिक्रिया