चन्द्रशमशेरले रोकेको टिष्टुङको १२ वर्षे नाच हनुमानढोकामा प्रदर्शन (फोटोफिचर)

चन्द्रशमशेरले रोकेको टिष्टुङको १२ वर्षे नाच हनुमानढोकामा प्रदर्शन (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

कुनै बेला चन्द्रशमशेरले खर्च अभावमा काठमाडौं ल्याउन बन्द गरेको टिस्टुङ बज्रवाराहीको १२ वर्षे नाच त्यहाँका स्थानीयले भने जोगाइराखेका छन् ।  उक्त नाच शनिवार काठमाडौैंको हनुमानढोका परिशरमै ल्याएर प्रस्तुत गरेपछि लोपोन्मुख टिस्टुङ नाचले व्यापकता पाउन थालेको हो ।

टिस्टुङका संस्कृतिकर्मी एक्काराम श्रेष्ठ  टिस्टुङ बज्रबाराही उपत्यकाको अजिमाहरु मध्येको पनि प्रमुख अजिमा भएको बताउँछन् । १२ वर्षे बज्रवाराही नाचको रुपमा लिइने यो नाच एउटा खटमा दुइ रातसम्म नचाइन्छ । गत बैशाख २६ गतेबाट नचाउन शुरु गरिएको यो नाच अहिले विभिन्न टोलहरुमा नचाउने क्रम जारी छ । विभिन्न सातवटा खटमा नचाइने यो नाच तान्त्रिक विधिबाट नचाइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रवाराही र वेतालाई प्रस्तुत गरिन्छ । देवताहरुसँगै राजाहरुको कथा समेटिएको अर्काे नाच पनि देखाइन्छ । यो नाच राजा समर सेनका छोरा सतलसेनको कथामा आधारित रहेको छ । यो नाचमा ९९ जना भन्दा बढी कलाकारले रातभर प्रस्तुती दिने गर्छ ।

एक वर्ष देखाइने नाचको लागि २५ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ । खर्च व्यवस्थापन सहयोगमा चलेको छ भने सहयोगबाट उठेका रकमबाट नपुग स्थानीय तहले व्योहोर्ने थाहानगरपालिका वडा नं ६ का अध्यक्ष शशिधर सुवेदीले बताए । यो नाच टिष्टुङको मुख्य देवताका रुपमा लिइने बज्रवाराही माइसँग सम्बन्धित छ । प्रदेश ३ को मकवानपुरस्थित थाहा नगरपालिका वडा ६ मा पर्ने टिष्टुङमा हरेक १२ वर्षमा देखाइने यो नाचले छुट्टै ऐतिहासिक महत्व बोकेको स्थानीय समाजसेवी प्रमोद जोशीले बताए  ।

हेर्नुहोस् फोटोफिचर  

 

फोटो: राजेश खाती

Logo